Dashain Suvakamana

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना : १ जनाको मृत्यु, ११ घाइते

धनगढी । जन्ती बोकेर कञ्चनपुरबाट दार्चुला जाँदै गरेको जीप बैतडीकाे पाटनमा दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छभने जीपमा सवार ११ जना घाइते भएका छन्। बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ घट्टेघाट खोलामा दुर्घटना भएको हाे ।

कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि हिँडेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जना सवार रहेको उक्त जिपमा ११ जना घाइते रहेको बताइएको छ।

प्रहरीका अनुसार अहिले उद्धार भइरहेको छ। थप विवरण आउन बांकि छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.