सुदूरपश्चिमकाे प्रसिद्ध ‘बान्नीकी चैतली मेला’ रोक्न सुरक्षाकर्मी खटिए
बझाङ । सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिएका छन् ।होली पूर्णिमादेखि सुरु हुने बान्नीकी चैतली मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ । जिल्ला प्रशासन कार्यालय बझाङ्गले मेला रोक्न सुरक्षाकर्मी खटाएको हो ।
हरेक वर्ष बझाङको छविस पाथिभरा गाउँपालिका वडा नम्बर ३ को बान्नी चौरमा मेला हेर्न दर्शनार्थी भेला हुने गर्छन् । यसवर्ष पूजाआराधना मात्रै गर्ने गरी व्यवस्थापन गर्न पालिकालाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
काेराेना महामारीकाे जाेखिममा स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने र मेलामा २५ जनाभन्दा बढी भीडभाड भए कारबाही हुने पनि उनले बताए । यसवर्ष बान्नीकी चैतलीमा पूजाआराधना गर्नका लागि छविस पाथिभेरा गाउँपालिकाबाट रोजगारीका लागि भारत गएका धेरैजसो घर फर्किएका छन् ।
गएको वर्ष पनि लकडाउन भएकै बेला मेला लागेको थियो ।