दिल्लीको एक अस्पतालमा अक्सिजन सकिँदा २० बिरामीको मृत्यु
भारतको नयाँ दिल्लीको रोहिणीस्थित जयपुर गोल्डन अस्पतालमा आगामी आधा घण्टाका लागि मात्र अक्सिजन बचेको खबर बीबीसी प्रकाशित गरेको छ । मेडिकल डाइरेक्टर डा. दीप बलूजाका अनुसार अस्पतालकका २ सय बिरामी छन् जसमध्ये ८० जना अक्सिजन सपोर्टमा रहेका छन् भने ३५ जना आईसीयूमा छन् ।
समाचार एजेन्सी पीटीआईले अस्पतालका अधिकारीहरुलाई उद्धृत गर्दै अक्सिजनको कमीका कारण गम्भीररुपमा बिरामी भएका २० जनाको मृत्यु भएको छ । अस्पतालका मेडिकल डाइरेक्टरले आफूहरु अक्सिजनको प्रतिक्षामा रहेको र हाल कोरोनाका २१५ बिरामीलाई अक्सिजनको आवश्यकता रहेको बताएका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार ज्यान गुमाउने अधिकांश कोरोनका बिरामी थिए । अस्पतालमा अक्सिजन सकिएपछि ‘लो अक्सिजन प्रेसर’ का कारण २० जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।