सुदूरपश्चिममा बजेट तर्जुमा तथा मध्यकालिन खर्च संरचनाबारे छलफल
धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट तर्जुमा तथा मध्यकालिन खर्च संरचना विषयमा छलफल भएकाे छ । प्रदेश नीति तथा याेजना आयाेगकाे आयाेजनामा आज आईतवार भएकाे गाेष्ठिमा आगमी आर्थिक वर्षका याेजना तर्जुमा खर्च तथा कार्यान्वयनका विषयमा राष्ट्रिय याेजना आयाेगका पूर्व पदाधिकारी तथा अर्थविद डा. चन्द्रमणी अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रदेश नीति तथा याेजना आयाेगकाे उपाध्यक्ष केशर बहादुर साउदकाे अध्यक्षतामा आयाेजना भएकाे गाेष्ठिमा मुख्यमन्त्री सहित प्रदेश मन्त्रालयका मन्त्रीहरु, सबै मन्त्रालयका सचिवहरु र मन्त्रालय अन्तरगतका याेजना शाखाका प्रमुख हरुकाे सहभागिता रहेकाे थियाे । अर्थविद अधिकारीले बजेटका उद्देश्य, रणनीति, प्राथमिकता र क्षेत्र, यस्तै राजश्व रिण नीति तथा व्यबस्थापन र मध्यकालिन खर्च संरचनाकाे प्रकृयावारे प्रस्तुति गरेका थिए ।
साे कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री त्रिलाेचन भट्टले पुरानाे सिस्टम र साेच रहेसम्म जनताले चाहेकाे नयाँ अनुभूती गर्न नसकिने भन्दै कर्मचारीतन्त्रकाे काम गराई चित्त नबुझेकाे गुनासाे गरे । उनले समय र जन अपेक्षा अनुसार सबैले चल्नुपर्नेमा जाेड दिए ।
प्रदेश नीति तथा याेजना आयाेगका उपाध्यक्ष केशरवहादुर साउदले प्रदेशमा याेजना आयाेग गठन भएकाले आगामी याेजना तथा बजेटमा जनताले विगतभन्दा फरक पन महसुस गर्ने दावी गरे ।