भाेलीदेखि दुई दिन गौरीफन्टा नाका शील हुने
धनगढी । भाेली आईतवारदेखि दुई दिनसम्म भारतीय नाका गाैरीफन्टा शील हुने भएकाे छ । भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव अर्थात् स्थानीय तहको चुनाव हुने भएपछि गौरीफन्टा नाका शील गरिने भएको हाे।
चुनावलाई मध्यनजर गर्दै कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा आइतबार बेलुकीदेखि सोमबार बेलुकीसम्म आवतजावत पूर्ण रूपमा बन्द रहने भारतीय सुरक्षाकर्मीले जनाएकाे छ।
भारतको यूपीका मुजफ्फरनगर, बागपत, गौतमबुद्ध नगर, बिजनौर, अमरोहा, बदायू, एटा, मैनपुरी, कन्नौज, इटावा, ललितपुर, चित्रकूट, प्रतापगढ, लखनऊ, लखीमपुर खीरी, सुल्तानपुर, गोन्डा, महाराजगञ्ज, वाराणसी र आजमगढ गरी २० जिल्लामा मतदान हुने भएकोले सोही अवस्थालाई मध्यनगर गरी गौरीफन्टा नाका बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।