भारतमा एकै दिन २ लाख १६ हजारमा संक्रमण‚ १ हजार १८३ को मृत्यु
एजेन्सी । भारतमा विहीवार एकै दिन २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै‚ पछिल्लो २४ घण्टामा एक हजार १८३ जना संक्रमितको मृत्यु भएको छ।
याेसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ। भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन्। त्यहाँ हिजो मात्रै ८० हजार ५०० भन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७७४ जनाको मृत्यु भएको छ ।
यसैगरी अमेरिकामा थप झण्डै ७२ हजार संक्रमित फेला परेका छन् भने ८७७ जनाको मृत्यु भएको छ। टर्कीमा साढे ६१ हजार, फ्रान्समा ३८ हजार, जर्मनीमा ३० हजार र अर्जेन्टिनामा थप २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्।