सुदूरपश्चिममा ३ सहित देशका ५० स्थानमा विद्युतीय साधनको चार्जिङ स्टेसन
धनगढी । सुदूरपश्चिममा ३ सहित देशका ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बन्ने भएका छन् । नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीन बीच विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो ।