पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

धनगढी । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन् ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेल ६ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले ३ हजार ९१५ मत प्राप्त गरिन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रप्रसाद बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् । चैत २५ गते पहिलोपटक महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।यस्तै खुला सचिवमा गोविन्द चौलागाईं, सचिव महिलामा सिर्जना अर्याल, सचिव आदिवासी जनजातिमा नारायणसुन्दर किलम्बू, सचिव मधेशीमा दीपेन्द्र चौहान, सचिव दलितमा हेमकर्ण विक र सचिव एशोसिएटमा पवन आचार्य निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.