Dashain Suvakamana

नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले बोलाए ३ दलको बैठक

काठमाडौं । नयाँ सरकार गठनका लागि छलफल गर्न नेपाली कांग्रेस सहित ३ दलको बैठक बस्ने भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि दिउसो ३ बजेका लगि बैठक आह्वान गरेका छन्। नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक भोलि बस्ने छ।

तीन दलबीच हुने बैठकमा संसद पुनर्स्थापनापछिको राजनीतिक शुन्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारी बारे छलफल हुने बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर अहिलेसम्म ठोस रुपमा संवाद हुन सकेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.