नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै
धनगढी । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । महासंघमा अध्यक्ष पदमा तीन जना उम्मेद्वार छन् भने बाँकी पदमा दुई प्यानल र स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् ।
अध्यक्षका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (नेपाल समूह)का संयुक्त उम्मेद्वार हुन् । यस्तै निर्मला शर्मा भने प्रेस चौतारी (ओली समूह)की उम्मेद्वार हुन् ।
बुढाथोकीले भने व्यावसायिक पत्रकारको हितका लागि भन्दै स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । यस्तै महासचिवमा संयुक्त प्यानलबाट रोशन पुरी महासचिव छन् भने प्रेस चौतारीबाट बालकृष्ण बस्नेत चुनावी मैदानमा छन् । पत्रकार महासंघका लागि झण्डै १३ हजार मतदाताले आज मतदान गर्दैछन् ।