Dashain Suvakamana

गाउँमा खानेपानी पुग्ने भएपछि स्थानीयले दिए मुख्यमन्त्री भट्टलाई धन्यवाद

प्रकाश जाेशी 

दीपायल । डोटीको दिपायल सिलगढी नगरपालिका वार्ड न १ बाफी तिखामा खानेपानी पुग्ने भएपछि तिखा बाफीबासिहरु खुसी हुँदै मुख्यमन्त्री त्रीलोचन भट्टलाई धन्यवाद दिएका छ्न । जुगाैंदेखि खानेपानी विहीन स्थानीयकाे लागि मुख्यमन्त्रीकाे पहलमा सुदुरपश्चिमकै पहिलो आधुनिक प्रबिधिको लिफ्ट खाने पानी सम्पन्न हुनथालेपछि गाउँलेले धन्यवाद दिएका हुन् ।

सेतीको पानी डिप बोरिङ गरेर तलबाट माथी गाउँमा पानी लिफ्ट गरेर  लगिने करिव तीन करोड चौतिस लाख लागतमा निर्माण सम्पन्न हुने उक्त दिपायल तिखा बाफी डिप बोरिङ खानेपानी आयोजनावाट १२५ घरधुरी र ९४६ जनसंख्या लाभान्वित हुनेछन् । No description available.करिव ३० हजारको एउटा र १ लाख लिटरको अर्को गरि दुई ओटा ट्यान्की रहनेछन । र त्यसैबाट पानी प्युरिफाइङ्ग गरेर बाफी तिखाका १२५ घरमा धारा हुने छन् ।

आइतबार उक्त खानेपानी योजनाको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले मोबाइल प्राविधिबाट स्वच वान गरि डिप बोरिङको सन्चालन गरेका छन । मोबाइलवाट स्वच अन गरेपछि डाडोमा पानी पुगेको थियो । पानी डाडोमा पुगेपछी गाउले अब घर घरमा पानीको धारा हुने ढुक्क हुँदै खुसी भएका हुन । मोबाइल प्रबिधिबाट डिप बोरिङको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले डोटिलाई समृद्धि बनाउने काम मेरो भएको र बिकासबाट कोहिपनि बन्चित नहुने बताएका छ्न ।

‘तिखामा पानीको समस्य परापुर्ब कालदेखि नै थियो, लामाे समय तिखामा पानी ल्याउछौ भनेर भोट मागे तर, कसैले पनि तिखालाई हेरेनन् ।’ उनले अगाडी भने-‘तर हामी झुटो बोल्दैनौ काम गरेर देखाउछौ, जुन कुरा सेतिको पानी तिखामा पुगेपछि प्रष्ट भएको छ ।’ योजनाको अनुगमन गर्दै काम छिटो सिद्द्ययर जनताको घर घरमा धारा छिटो जोड्न उपभोक्ता समिती र खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिए ।

काम एक बर्ष भित्रै सकिने सरोकारवालाले पक्षहरुले प्रतिबद्धता गरेका छन । उक्त अनुगमन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मन्जु मलासी लगायतका जनप्रतिनिधि र स्थानीयबासिन्दाको उपस्तिथि थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.