Dashain Suvakamana

देशभरका पत्रकार चुनावमा १२ संगठन एकातिर ओली समर्थक अलग्गै

धनगढी । नेपाली पत्रकारहरु अहिले चुनावमा हाेमिएका छन् । पत्रकारहरुकाे साझा संस्था नेपाल पत्रकार महासंघकाे केन्द्रीय समितिदेखि जिल्ला र प्रतिष्ठान शाखाकाे निर्वाचन खुल्ला रुपमा एकै दिन गर्ने प्रावधानअनुसार चिर्वाचन प्रकृर्या सुरु भएपछि पत्रकारहरुलाई निर्वाचन लागेकाे हाे ।

पत्रकार महासंघ केन्द्रदेखि जिल्ला तथा प्रतिष्ठान शाखासम्म प्रधानमन्त्री ओलीले चालेकाे प्रतिगमन बिरुद्ध उभिएका सबै राजनीतिक दल समर्थक पत्रकारका १२ संगठनहरु प्यानल खडा गरेर एकातिर उभिएका छनभने अर्काेतर्फ ओली समर्थक पत्रकार देखिएका छन् ।

निर्वाचन प्रकृर्याअनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ। देशभरझैं यहाँपनि काँग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी समर्थक प्रेस सेन्टर, प्रेस चौतारी (माधव नेपाल निकट)  लगायतका विभिन्न १२ संगठनकाे संयुक्त प्यानल र प्रधानमन्त्री ओली निकट प्रेस चौतारी प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

पत्रकार महासंघ महिला उपाध्यक्षमाओली निकट  प्रेस चौतारी प्यानलकी रेणु कार्की र सदस्य अल्पसंख्यक/अपाङ्गमा चौतारीकै नहकुल देव जीसी निर्विरोध निर्वाचित भइसकेका छन्। अब प्रदेश पत्रकार महासंघको बाँकी १० पदका लागि ३२ जना चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा प्रेस युनियन सहितको संयुक्त प्यानलबाट योगेश रावल र प्रेस चौतारीका कृष्ण ओली चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै महा–सचिव पदका लागि १२ संगठनको संयुक्त प्यानलबाट रामसिंह ठगुन्ना र प्रेस चौतारी प्यानलका तर्फबाट शिवराज भट्ट चुनाव लड्दैछन्। उता जिल्ला जिल्लामा पनि उम्मेदवार मनाेनयन आईतवार हुँदैछ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.