Dashain Suvakamana

सिआइडी नेपालकाे सल्लाहकार संयाेजकमा युवा नेता ओली नियुक्त

धनगढी । विकासमा सृजनशिलता नेपाल नाम समाजिक संस्था सिआइडी नेपालकाे सल्लाहकार समितिकाे संयाेजकमा युवा नेता शिब सिं ओली नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टका प्रमुख स्वकीय सचिव ओली केही दिन अघि उक्त संस्थाकाे सल्लाहकार प्रमुखमा नियुक्त भएका हुन् ।

स्थापना कालदेखि मानव जीवनमा महत्वपूर्ण क्रियकलापमा सहयाेगी बन्दै आएकाे उक्त संस्थाले भ्रष्टाचार नियन्तरणदेखि प्राकृतिक तथा कृतिम जाेखिम न्यूनिकरण जस्ता मानवताका क्षेत्रमा काम गर्दैआएकाे छ । यस्तै, कृषि, व्यपार व्यबसाय तथा बतावरण प्रबर्द्धनमा कृर्याशिल यस संस्थाले समाजकाे सकारात्मक परिवर्तनमा मानवीय साेच तथा पहल कदमीकाे वकालत गर्दै युवा वर्गलाई  देश र समाजकाे समृद्धितर्फ अग्रसर गराउने प्रेरणादा दिन्छ ।

यस संस्थाकाे पहलमा सहयाेगी मनहरुकाे साथमा बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टकाे परिवारलाई दुई लाख बढी रुपैया जम्मा गरेर रहात दिन थालेकाे राष्ट्रिय अध्यक्ष दिल्लीराज भट्टले जानकारी दिएका छन् ।  

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.