Dashain Suvakamana

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका १७ पदकालागि ४७को उम्मेदवारी

धनगढी । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको निर्वाचनमा १७ पदका लागि ४७ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन समितिको कार्यालयले शुक्रवार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

प्रदेश महासङ्घको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी छ भने उपाध्यक्षमा २, महिला उपाध्यक्षतर्फ २, महा–सचिवमा ५ जना, सचिवमा २,(समावेशी) सचिवमा २ जना, कोषाध्यक्षमा ३ जना, खुल्ला सदस्यमा १३, महिला सदस्यमा ७, दलित सदस्यमा ३ जना, आदिवासी जनजातिमा ३ जना र अल्पसङ्ख्यक/अपाङ्ग सदस्यमा १ जनाको उम्मेदवारी परेको छ ।

अल्पसङ्ख्यक/अपाङ्ग सदस्यमा कसैको दाबी नपरेपछि प्रेस चौतारीको तर्फबाटका उम्मेदवार नहकुल जीसी निर्विरोध निर्वाचित भएका छन् ।

No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.