दुर्व्यसनीका कारण सुदूरपश्चिममा आत्महत्याका घटना बढ्दै

कञ्चनपुर । मदिरा सेवन र दुर्व्यसनीका कारण घरेलु हिंसालगायत सामुहिक आत्महत्या तथा अन्य जघन्य अपराधका घटनामा वृद्धि भइरहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नार्कोनन नेपाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा लागुऔषधविरूद्ध सचेतना कार्यक्रममा नार्कोनन नेपालका अध्यक्ष पूजा कुवँरले पछिल्लो समय घरेलु हिंसालगायत सामुहिक आत्महत्या तथा अन्य जघन्य अपराधका घटना बढ्दै गएको बताइन्।

कार्यक्रममा प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले कञ्चनपुर जिल्लामा लागुऔषध दुर्व्यसनीको अवस्था, रोकथाम तथा नियन्त्रण कार्यमा नेपाल प्रहरीको भुमिका र सहकार्यबारे प्रकाश पारेका थिए। त्यस्तै बेदकोट नगरपालिरका उप-मेयर सुशिला सिंह र भीमदत्त नगरपालिकाका उप-मेयर सुशिला चन्द सिंहले लागुऔषध नियन्त्रणमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए।

भीमदत्त नगरपालिकाका नगर उप-प्रमुख सुशिला चन्द सिंहको अध्यक्षता सम्पन्न कार्यक्रममा विभिन्न नगरपालिकाका उप-प्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडाका महिला जनप्रतिनिधिहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, पत्रकार, महिला स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरू, शिक्षिका, आमा समूह, महिला प्रहरी, नर्सिङ क्याम्पसका छात्रालगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.