शुक्लाफाटा निकुञ्जमा गैँडा गणना अभियान सुरु
कञ्चनपुर । गैँडाको राष्ट्रिय गणना कार्यक्रम, २०७७ अन्तरगत कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विहीवारवाट सुरु गरिएको छ । निकुञ्ज विभागका हरिभद्र आचार्यले गैँडाको अवस्थाको, वितरण, वासस्थान र सङ्ख्याको अध्ययन गर्नका लागी प्रत्येक चारदेखि पाँच वर्षमा गणना गर्ने गरेको बताए ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले चैत्र १९ देखि एक साता सम्म गैँडा गणना गरिने र त्यसका लागी ४ वटा हात्ती र ३० जना कर्मचारी परिचालन गरिएको जानकारी दिए । निकुञ्जले गैँडाको वास स्थानका रुपमा रहेका तीन वटा ब्लक मालुमेला, शुक्ला र बेल्डाडी क्षेत्रमा मात्र गैँडाको गणना गरिने छ ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्यको समुद्घाटन गर्दै इकोलेजिष्ट वाग्लेले गैँडाको संरक्षणका लागी आवश्यक रणनीति र व्यवस्थापनका विविध कार्य सञ्चालन गर्नका लागी सङ्ख्याको यकिन गर्न गैँडाको राष्ट्रिय गणनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । २०७१को गणना अनुसार शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा रहेका छन् ।