Dashain Suvakamana

एमाले ब्युँतिएको २३ दिनमै ओलीले लिए बदला: अब के गर्लान् माधव नेपाल ?

धनगढी । तत्कालीन नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी ढंगले सरकार चलाउने, पार्टीसँग कुनै परामर्श नगर्ने, राजनीतिक नियुक्तिमा आफ्नालाई च्याप्नेमात्र नभई पार्टीलाई विधि र पद्दतिमा सञ्चालन नगरेको भन्दै प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका ९ सदस्यीय सचिवालयका ५ जनाले ‘विद्रोह’ गर्दै ओलीविरुद्ध मोर्चाबन्दी गरेपछि पार्टीमा दुई लाइन संघर्ष सुरु भएको थियो ।

कम्युनिस्ट पार्टीमा दुई लाइन संघर्ष सामान्यजस्तै भए पनि ओलीले ‘विरोधीलाई देखाइदिने शैली’ मा थप निर्णयका साथै अन्तिम अस्त्रका रुपमा प्रतिनिधिसभा नै विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेपछि पार्टी राजनीतिक रुपमै विभाजित बन्यो । विघटनसँगै प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निस्कासनको घोषणा मात्रै गरेन, उनको कदमविरुद्ध सडक संघर्ष नै ग¥यो ।

पुस ५ को प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमदेखि फागुन ११ गते (विघटन उल्ट्याउने फैसला) सम्म प्रचण्ड–नेपाल समूहले ओली र उनी निकट समूहलाई कारबाहीको ठण्डा बर्साउनुसम्म बर्सायो । त्यतिबेला पार्टीमा रक्षात्मक अवस्थामा ओली पुगेपनि सर्वोच्चले नेकपाको आधिकारिकता विवादबारे फागुन २३ मा फैसला गरेपछि राजनीतिमा यु–टर्न भएको थियो ।त्यसपछि एमालेमा फर्किएका माधव नेपाल समूहलाई ओलीले सोमबार ६ महिने निलम्बनको घोषणा गरेर बदलाको राजनीतिको सुरुवात गरेका छन् ।

ओलीले कारवाहीको घोषणासँगै अब नेपाल समूहले के गर्लान् भन्ने चासो सुरु भएको छ ।  एमालेको नेपाल पक्षसँग ३८ सांसद छन्  । प्रारम्भिक प्रतिक्रिया दिँदै नेता नेपालले केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरूलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।

नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताएका छन् । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने नेपालको तर्क छ । नेता नेपालले भनेका छन्, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन । उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।’

जे जस्तो भए पनि नेकपाको कलह दुई पार्टी भएपछि ब्युँतिएको एमालेमा सरेको छ । जुन सर्वोच्चले नेकपा एकता खारेज गरेको २३ दिनमा एमालेमा कारबाहीसम्मको फुटपरस्त निर्णय हुन थालेको छ । यसले एमालेलाई कुन अवस्थामा पु-याउला ? यो भविष्यमा स्पष्ट हुँदै जाने नै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.