Dashain Suvakamana

ओलीद्वारा माधव नेपाल र भीम रावल ६ महिनाका लागि एमालेबाट निलम्बित

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्। यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत ओलीले पत्रमा उल्लेख गरेका छन्। यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्नसमेत ओलीले चेतावनी दिएका छन्।

mahotsab

आफूमाथि कारवाही गरेपछि नेपालले सार्वजनिक रुपमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ओलीको निर्णयलाई अस्वीकार गरेका छन् । ओलीले यस किसिमको निर्णय गर्न सक्ने संकेत आफूले  पाएको बताउँदै उनले भनेका छन्,‘यो निर्णय स्वेच्छाचारी हो र कदम निरकुंश हो । ओलीले पार्टीलाई विभाजनतिर धकेलेका छन् ।

म कार्यकर्तामाझ जान्छु’ ‘केपी ओली एमालेको अध्यक्ष नै होइनन्,यो उनको अराजकतामात्र हो । उनले गरेको कारबाही स्वीकार गरिन्न,’नेपालको प्रतिक्रिया छ,‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पार्टीले हटाइसकेको छ, उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो, यसैले कारवाही वा निलम्बनको कुनै अर्थ छैन।’

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.