Dashain Suvakamana

होलीमा ग्याङ फाईट: दुईको ज्यान गयो, केही बेपत्ता भएको आशङ्का

होलीका दिन लागेको मेलामा युवाहरुबीच भएको ग्याङ फाईटको क्रममा दुई जना युवाको ज्यान गएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा ग्याङफाईट भएको थियो ।

दर्लिङको बल्देधुरीमा भएको उक्त झडपमा परी ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाईको भीर मुनि शव भिटिएको छ । उक्त घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । प्रष्ट नदेखिए पनि भिडियोमा केहि युवाहरुलाई भीरबाट धकेलिएको देखिन्छ ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घटनाको कारणबारे अनुसन्धान जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पाली मगरले जानकारी दिए । आइतबार दिउँसो होली मनाउन बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए ।

स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.