Dashain Suvakamana

मानवअधिकारको अवस्था सुधार्न प्रदेश सरकार प्रतिवद्ध: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले मानव अधिकार उल्लंघनका घटना कमी ल्याउन र मानव अधिकारको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन । बिहिबार प्रदेश सरकार र सुरक्षा निकाय सँग मानव अधिकार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।

देशमा कानुनको अभाव नभएपनि कानुनको कार्यान्वन पक्ष फितलो हुनाले समस्या रहेको बताउँदै उनले भने- “देशमा तीनै तहका सरकार छन, कानुनहरु पनि धेरै बनेका छन तर, ती कानुनहरु कार्यान्वयन नहुदा समस्या हुदै आएको छ ।” अपराधीलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अपराधजन्य कार्यहरु अन्त्य हुन नसक्ने भन्दै उनले त्यसका लागि सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्थाहरुको प्रयास हुनुपर्ने धारणा व्यक्त गरे ।

May be an image of one or more people, people standing and indoorयसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले शान्ति सुरक्षाको वर्तमान अवस्था थप चुनौतीपूर्ण बन्दै गएको भएपनि सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताए । उनले बद्लिदो राजनीतिक परिवेशले सृजित घटनाक्रमको विकास, सबै जस्तो घटनाक्रममा देखा पर्ने अपराध र घटनाहरुको राजनीतिकरण, सामाजिक विकृति र विसंगतिहरु बढ्दै, मादक पदार्थ र लागुऔषधको बढ्दो दुव्यसन र सामाजिक सञ्जालको दुरुपयोग लगायतका कार्यहरुले सुरक्षा चुनौती थपिएको बताए ।

यस्तै इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले प्रदेशमा मानव अधिकारको अवस्था अझै पनि सुधार हुन नसकेको बताए । उनले पनि कानुनहरु प्रशस्त मात्रामा बने पनि कार्यान्वयन भने नभएको बताए । नागरिक कर्तव्य पुरा नहुनु, अधिकारको मात्रै खोजी हुनुका कारणले समाजमा हिंसा द्धन्द्ध र अशान्ति बढ्दै गएको उनको भनाई छ ।

May be an image of one or more people, people sitting and indoorराष्ट्रिय मावन अधिकार सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशीले मानव अधिकारको अवस्था सुधार ल्याउ सबै पक्षले आ–आफ्नो पक्षबाट सक्दो प्रयास गर्नु पर्नेमा जोड दिएका छन । प्रदेश प्रमुख जाेशीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य नेपालु चाैधरीकाे समेत सहभागीता रहेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.