Dashain Suvakamana

त्रिदेशीय फुटबलकाे उद्घाटन खेलमा आज बंगलादेश र कीर्गिस्तान खेल्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश र किर्गिस्तानको यू २३ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुनेछ । त्यसअघि युवा तथा खेलकुदमन्त्री दाबा लामाले प्रतियोगिताको उद्घाटन गर्ने एन्फाले जनाएको छ ।

बंगलादेशका प्रशिक्षक जेम्स डे ले नेपाल आयोजक राष्ट्र भएकोले उपाधि दाबेदारको रुपमा बताएका छन् । यस्तै किर्गिस्तानको गोलकिपर तोकोताएभ एर्जानले यस प्रतियोगिता अवसरको रुपमा रहेको बताएका छन् । एर्जानले यसअघि उमेर समूहमा पनि नेपालसंग खेलिसकेका छन् ।

नेपालले आफ्नो पहिलो खेल बिहीबार किर्गिस्तानसंग खेल्नेछ । नेपालको सिनियर राष्ट्रिय टिमले सन् २०१५ पछि पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ ।खेल हेर्न भीआईपीतर्फ एक हजार ५०० र साधारणतर्फ ७०० टिकट मूल्य राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.