Dashain Suvakamana

डोटी दुर्घटनाका गम्भिर घाइतेलाई हेलिकप्टरमार्फत धनगढी ल्याइयाे

धनगढी । डोटीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइतेलाई हेलिकप्टरमार्फत धनगढी ल्याइएकाे छ । डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना प्रशिक्षार्थी प्रहरी गम्भिर घाईते भएका थिए ।

दुर्घटनामा घाइते २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट, २१ वर्षीय दिपेन्द्र खड्कालाई धनगढीको माया मेट्रो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइतेहरुको अवस्था गम्भिर रहेको डोटी प्रहरीले जनाएको छ।

प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम गरिरहेका उनीहरु शनिबार दिपायल सिलगढी नगरपालिका–४ सुनगणा ट्राफिक कार्यालय नजिक म२प ४६७४ नम्बरको मोटरसाइल दुर्घटनामा परेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.