Dashain Suvakamana

झलनाथ-नेपाल पक्षले एमाले केन्द्रीय कमिटीको बैठक बहिस्कार गर्ने

काठमाण्डाैं । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बोलाएको केन्द्रीय र स्थायी कमिटी बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने निर्णयमा पुगेको हो ।

शुक्रबार बानेश्वरमा नेपाल समूहको बैठकले स्थायी कमिटी बैठकले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सहभागी नहुने निर्णय गरेको हो । यसअघि नेपाल पक्ष फागुन २८ गतेका निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ ।

केन्द्रीय कमिटी बैठकका नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले बैठक राखेर विधान उल्लंघन गरेको ठहर गर्दै सो समूहले बैठकले गरेको निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने र सो अनुसार शनिबार तय भएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरु शनिबारको केन्द्रीय समिति बैठकमा सहभागी नुहने बताइन् । उनले आफूहरुको सर्त फागुन २८ को निर्णय खारेजी भएको उनको भनाइ छ । तर प्रधानमन्त्री केपी ओलीले भने खनाल–नेपाल समूहलाई बैठकमा सहभागी हुन अनुरोध गर्दै आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.