‘ओई सुवा’ युटुबमा सार्वजानिक
धनगढी । सुदूरको चेलो गायक तथा सञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गीत ‘ओई सुवा’ युटुबमा सार्वजानिक भएको छ । बिशेषगरी सुदूरपश्चिमकै परिवेशमा रहेर गीत गाउर्दै आएका उनले अब भने बजारको माग बमोजिम सबै खाले गीतहरु बजारमा ल्याउने बताएका छन् ।
अहिले आफु सुदूरपश्चिमको कला संस्कृति गीतको माध्यमबाट जोगाउन लागि परेको तर कतैबाट साथ सहयोग नपाएकोमा उनले दुखेसो पाेखेका छन् । नजिकको तीर्थ हेला भने जस्तै देशका अन्य विभिन्न ठाउँहरुमा कार्यक्रम हुदाँ सम्झने गरेको तर आफ्ना सुदूर भेगका आयोजकको नजरमा नपर्दा दुःख लाग्ने उनले बताए ।
बजारमा आएको यस “ओई सुवा” गीतमा शव्द, संगीत एवं स्वर गायक सुरेनकै रहेको छ ।गीतको भिडियोमा स्वंय आफु पनि मोडलको रुपमा फिर्चड छन् ।उनलाई भिडियोमा मोडल सुस्मीता खड्काले साथ दिएकी छिन्भने म्यूजिक भिडियोको निर्देशन गौरब गिरीले गरेका हुन् ।