Dashain Suvakamana

ओलीले डाकेको बैठकमा झलनाथ-नेपाल समूह नजाने

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेका संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने घोषणा गरेको छ। नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोलि ११ बजे डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिए।

‘आज मात्रै हाम्रो मोबाइलमा एसएमएस आएको थियो। भोलि ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको छ। एमालेका नेता र सांसदहरु यहाँ भेलामा थिए भन्ने जानकारी उहाँलाई नभएको होइन’, उनले भने, ‘संसदीय दलको बैठकमा जान्छौँ तर हामीले कार्यव्यस्तताले भोलिको संसदीय दलमा आउन सक्दैनौँ भनेका छौँ।’

उनले चैत ७ गते ओलीले गुट भेला मात्रै गर्न लागेको बताए। ‘चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको होइन’, उनले भने, ‘२८ गते जे बैठक भएको थियो त्यही हुनेछ। त्यसैले हामी त्यहाँ जाने छैनौँ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.