सुदूरपश्चिम सरकार फेरबदल हुने अधार केही छैन : मुख्यमन्त्री भट्ट
धनगढी । देशमा राजनीतिक माहाेल तातेसँगै सुदूरपश्चिम प्रदेश सरकार धर्मराएकाे भन्ने अडकलवाजीकाे मुख्यमन्त्री भट्टले कुनै अधार नभएकाे टिप्पणी गरेका छन् । पछिल्लाे राजनीतिक घटनाक्रमले संघीय र प्रदेश सरकारमा प्रत्यक्ष असर पर्ने देखिएकाे सुदूर आवाजकाे जफावमा मुख्यमन्त्री भट्टले त्यस्ताे कुनै आधार नदेखिएकाे बताएका हुन् ।
मुख्यमन्त्री भट्टले भने- ‘२ नम्वर प्रदेश बाहेक सबै प्रदेश र सघीय सरकारमा तत्कालिन नेकपाकाे बहुमत रहेकाे र सर्बाेच्चले नेकपाकाे मान्यता बिघटन गरेपनि पार्टीले सरकारमा रहेकाे समर्थन फिर्ता नलिएसम्म कुनै पनि सरकार धर्मराउने अधार नै हुँदैन ।’ बागमती र प्रदेश १ मा मुख्यमन्त्री बिरुद्ध अविश्वासकाे मत दर्ता भएकाे दुई महिनासम्म कुनै टुङ्गाे नलागेका बेला दुई तिहाईकाे बहुमतमा रहेकाे सुदूरपश्चिम प्रदेश सरकार धर्मराएकाे, बिघटन हुन लागेकाे भन्ने अड्कल भ्रम मात्रै रहेकाे उनकाे भनाई छ ।
केही गरी नेकपा एमालेले सरकार छाेड्ने भएपनि बहुमत सिद्ध गर्न आफु तयार रहने भन्दै मुख्यमन्त्री भट्टले कहिले नै त्याे अवस्था आउने सम्भावना नरहेकाे बताए । सुदूरपश्चिम प्रदेश सरकार बिघटन हुने कुनै अधार नरहेकाे भन्दै काम कारवाहीलाई निर्धक्क भएर निरन्तरता दिन सराेकारवाला सबैमा उनले आग्रहसमेत गरे ।
५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा सभामुख उपसभामुख सहित एमाले र माओावादी केन्द्रका ३९ जनाकाे सरकारलाई समर्थन रहेकाे छ । एमालेकाे नेतृत्वमा संघीय सरकार र सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वकाे एमाले-माओवादीकाे संयुक्त समर्थनमा सरकार रहेकाे छ ।