बर्षाैंदेखि कुजिएर बसेकाले सहायक खुट्टा पाएपछि ठमठमी हिडे
धनगढी । दु:खकष्टकासाथ बर्षाैंदेखि अपाङ्गता जीवन धान्न विवश कैलालीका अपाङ्गता भएका व्यक्तिले सहायक सामाग्रीकाे रुपमा खुट्टा पाएपछि ठमठिमी हिडेका छन् । प्रदेश सरकारकाे सामाजीक विकास मन्त्रालय अन्तरगतकाे स्वास्थ्य कार्यालय कैलालीले उनीहरुलाई हिड्ने बनाएकाे हाे ।
अपाङ्गता भएका व्यक्तिकालागि निशुल्क सहायक सामाग्री वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले समाजमा रहेका सबैप्रकारका व्यक्तिकाे प्रदेश सरकार अभिभावकत्व ग्रहण गर्ने भन्दै उहाँहरुलाई सम्मानजनक बाँच्न पाउने अवसर दिने बताए । मन्त्री सुवेदीले सहायक सामाग्री पाउनु अपाङ्गता भएका व्यक्तिकाे माैलिक हक भएकाले प्रदेशमा रहेका अन्य अपाङ्गता भएका व्यक्ति कस्लाई के चाहिन्छ लेखाजाेखा गरी याेजनागत माग राख्न सराेकारवालासँग आग्रह गरे ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललित धामीले यस वर्ष बजेट कम भएकाले सबैलाई सहायक सामाग्री प्रदान गर्न नसकिएपनि आगामी वर्ष सबै अपाङ्गता भएका व्यक्तिकाे घरदैलाेमा नै सहायक सामाग्री पुराउने प्रतिबद्धता गरे । अपाङगता सहायक सामाग्री वितरणमा प्राविधिक सहयाेगी संस्था एनएनएसडब्लुए कञ्चनपुरका टेक बुढाले पहुँचमा रहेका टाठाबाटा भन्दा बस्तविक अपाङ्गता भएका ब्यक्तिलाई छनाैट गरी निशुल्क सहायक सामाग्री दिन पाउँदा खुशी व्यक्त गरे । उनले सहजिकरण गर्ने अपाङ्गता सहायता प्रतिष्ठानकाे खुलेरै प्रशंसा गरे ।
केही दिनअघि नापजाँच सिविर चलाएकाेमा आज ३ जनालाई ह्वील चियर, एक दर्जनबढीकाे हात खुट्टा, तीन जनालाई ह्वईट क्यान स्टिक, दुईटा एल्बाे छडी लगायतका सहायक सामाग्री वितरण गरिएकाे एनएनएसडब्लुएका प्राविधिक प्रमुख कृष्ण भट्टले जानकारी दिए ।