Dashain Suvakamana

सुदूरपश्चिमका यी दुई अस्पतालमा जेष्ठ नागरीकलाई स्वास्थ्य सेवामा आधा छुट

धनगढी । सुदूरपश्चिमका दुई अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ।

कैलालीको धनगढीस्थित सेति प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा ५० प्रतिशत छुट हुने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो।

अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गराउँदा लागेको खर्चमा भने कुनै छुट सुविधा नहुने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.