ओली पक्षमा गएकालाई स्थिति स्पष्ट पार्न माओवादीकाे २४ घण्टे अल्टिमेट
धनगढी । नेकपा माओवादी केन्द्रले ओली पक्षमा गएका भनिएका माओवादी नेता कार्यकर्तालाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने भएकाे छ । शनिवार विहान बसेकाे माओवादी केन्द्रको स्थायी समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
यसकासाथै बैठकले ओली सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने, चैत २ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्ने निर्णय गरेकाे छ । बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
हाल माओवादी केन्द्रका गृहमन्त्री बादलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।