माओवादीवाट प्रदेश मन्त्री बनेका बाेहरा एमाले केन्द्रीय सदस्य मनाेनित
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजन मन्त्री झपट बोहरा एमाले केन्द्रीय सदस्य मनाेनित भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहितका केही जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका थिए ।
गत प्रदेशसभाकाे चुनावमा नेकपा माओवादी केन्द्रकाे उम्मेदवार भई अछामवाट जितेका झपट बाेहरा प्रदेश सरकार गठन भएसँगै मन्त्री बनेका थिए । आफु सम्बद्ध पार्टीमा आएकाे भन्दै धनगढीमा रहेका अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियू) तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले उनकाे आज सम्मान गरेका छन् ।
सम्मानपछि केन्द्रीय सदस्यकाे जिम्मेवारी पाएका बोहराले एमालेलाई अझै बलियो र सशक्त बनाइने बताएका छन् । अझै पनि पार्टी एकताको प्रयासहरू बाँकी रहेको भन्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।