Dashain Suvakamana

नाबालिका छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

बझाङमा छोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुङ्गल नगरपालिकाका ४४ वर्षीया बुबा रहेका छन् । २२ फागुनको राति आफ्नै कोठामा सुतिरहेकी १३ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा आरोपीलाई वित्थडचिर गाँउपालिकाको देउलेखबाट पक्राउ गरिएका प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर बलात्कार आरोपीलाई सार्वजनिक गरेको हो ।

आरोपितलाई जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.