Dashain Suvakamana

कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटियो, तीन अझै बेपत्ता

धनगढी । कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका-४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो ।

पश्चिम दैलेखको आठबीस नगरपालिका–३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना बडुवाल र वर्ष १२ सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए । अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.