Dashain Suvakamana

बार्तापछि ‘बिप्लव’ नवलपरासीवाट यसरी भए सार्वजनिक

धनगढी । भूमिगतपछि नेत्रविक्रम चन्द विप्लवको पहिलो तस्बिर सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि सम्बोधन गर्न काठमाडौँ आउने क्रममा विप्लव नवलपरासीमा सार्वजनिक भएका हुन् ।

जनपत्रकार संगठन नेपालका नि.अध्यक्ष प्रकाश डुम्रेका अनुसार विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौँ आउँदैछन् ।विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्‍चबाट सम्बोधन गर्दैछन् । बिहीबार तीन बुँदे सहमतिसँगै आज दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबीच सम्बोधन गर्न लागेका हुन् ।

सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.