Dashain Suvakamana

‘कञ्चनपुरमा तस्करको समूहले गोली चलाएपछि जवाफी फायर गरियाे’

धनगढी । गस्तीमा खटिएका बेला तस्कर र प्रहरीबीच भएको दोहोरो भिडन्तका क्रममा एक भारतीयकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएकाे छ ।तस्करको अखडा मानिदै आएको सो क्षेत्रमा बिहीबार भारतबाट नक्कली नोट छाप्ने मेसिनसहित लागु औषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

जब प्रहरी र तस्कर आमनेसामने भए सोही क्रममा मृतकसहित ४ जनाको समूहमा रहेका भनिएका तस्करले सुरुमा नेपाल प्रहरीमाथि हमला गर्यो। तस्करको समूहले गोली नै चलाएपछि नेपाल प्रहरीले पनि जवाफी फायर खोल्नुपरेको दाबी गरेको छ।

‘गस्तीमा खटिएको हाम्रो प्रहरी टोलीलाई देख्ने बितिकै उनीहरुले फायर गरेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘जवाफी फायरका क्रममा एकजना भारतीय मारिएका हुन्। अन्य ३ जना भने भाग्न सफल भएका छन्।’

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार सीमाबाट सोही समूहले नेपाल भित्र्याउदै गरेका २ वटा नक्कली नोट छाप्ने मेसिन, नोट छाप्न प्रयोग गरिने कागज, ६५ ग्राम ब्राउन सुगर र २४ ग्राम सेतो सुगर पनि बरामद गरिएको छ। भिडन्तका क्रममा मारिएका भारतको पिलीभितका अन्दाजी २५ वर्षीय गोविन्द सिंहलाई प्रहरीले नै उपचारका लागि बेलौरी प्राथमिकता स्वास्थ्य केन्द्र पुगाएको थियो।

अहिले मृतकको शव स्वास्थ्य केन्द्रमै राखिएको छ। भारतबाट आफन्त आएपछि आवश्यक कानूनी प्रक्रिया पुगाएर शव बुझाइने प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.