Dashain Suvakamana

परिणाम नआएपनि सरकार र विप्लव समुहवीचकाे वार्ता सकारात्मक

धनगढी । आज बिहान र अपरान्ह गरी दुई चरणमा सम्पन्न नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीचकाे वार्ता सकारात्मक रहेकाे सरकारी वार्ता टाेली प्रमुख तथा गृहमन्त्री राम वहादुर थापाले बताएका छन् । दुई चरणमा भएको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा निकट पुगेको उनकाे भनाई छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मन्त्री थापाले केही विषयमा छलफल जारी रहे पनि छिट्टै सुखद परिणाम आउने बताएका छन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी गर्दै उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

बार्ताम सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट कार्यालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ सहभागी रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.