Dashain Suvakamana

टिकटक बनाउन आएकी बहिनीलाई दाजुद्वारा बलात्कार

संगै पढने र टिकटक बनाउन भन्दै साथीके घर आएकी १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ ।

प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी किशोरीलाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सो घट्नाको अनुसन्धान गरी युवाविरुद्ध जवर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

किशोरीको महिनावारी रोकिएपछि आमाले सोधेपछि घटनावारे परिवारका सदस्यले जानकारी पाएका थिए । लगत्तै प्रहरीमा उजुरी दिएका उनीहरुले गत माघ महिनामा युवाले पटक–पटक करणी गरेका बताएका छन् । सो घट्नाको अनुसन्धान गरी युवाविरुद्ध जवर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.