लागुऔषध खैरो हेरोईन सहित ३ जना भारतीय बेलौरीमा पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत जिल्ला लख्मिमपुर खिरी सम्पुर्णानगर घर भएका २६ बर्षीय धर्मेन्द्र कुमार, २५बर्षीय शुभम भसिंन र ३० बर्षीय नितिन कुमार रहेका छन्।

सोमबार साझँ युपी ३१ विएफ २४२७ नम्बरको मोटसाइकल प्रयोग गरेका उनीहरुको साथबाट ९ ग्रान ९ सय मिलिग्राम खैरो हेरोईन र नगद ४२ हजार ४ सय ६१ बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए।

नियन्त्रणमा लिइएको ३ जनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक खड्काले बताए। यतिबेला नेपाल प्रहरी लागुऔषध कारोवारीको पत्ता साप गर्ने अभियानमा लागेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.