Dashain Suvakamana

मुख्यमन्त्री कृषि कार्यक्रमद्वारा कैलालीका कृषकलाई सामाग्री वितरण

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगत कैलालीका कृषक समूहलाई पावर टिलर लगायतका कृषियन्त्र उपकरणहरु वितरण भैइरहेका छन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि यान्त्रीकरण वितरण कार्यक्रमअन्तरगत कृषि ज्ञान केन्द्र कैलालीले भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो ।

कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पुर्‍याउन पावर टिलर हस्तान्तरण गरेको बताइएको छ । “कृषि कार्यमा लागत घटाई उत्पादनमा वृद्धि गर्न गहुँ ब्लक समितिलाई पावर टिलर हस्तान्तरण गरेका हौँ”, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, “यो बहुउपयोगी प्रविधि भएकाले किसानका लागि सहज हुन्छ । व्यावसायिकरुपमा खेती गर्ने कृषक र समूहका लागि समय व्यवस्थापनमा यसले सघाउ पुर्‍याउँछ।”

रजवारा ब्लक समूहले यस वर्ष १०० हेक्टरमा गहुँ खेती गरेको छ । कृषि ज्ञान केन्द्रको तीन वर्षे ब्लक प्रदर्शन कार्यक्रमअन्तरगत दोस्रो वर्ष रु १० लाख बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको कृषि प्रसार अधिकृत चौधरीले बताए । “गहुँ ब्लक समूहलाई ५० प्रतिशत अनुदान सहयोगमा पावर टिलर वितरण गरिरहेका छौँ”, कृषि प्रसार अधिकृत चौधरी भन्छन्, “कृषक समूहको समेत लगानी भएमा अपनत्व हुन्छ । उनीहरुले सामग्रीको स्याहार गर्छन् भन्ने उद्देश्य हो ।”

यस्तै प्रदेशको मुख्यमन्त्री कृषि कार्यक्रमअन्तरगत कैलालीका अन्य ठाउँमा समेत कृषियन्त्र उपकरण वितरण जारी रहेको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.