पसल बन्द गरेर घर लागेका युवा एका बिहानै मृत भेटिए
धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा एक युवक मृत भेटिएका छन् । गेटा आखाँ अस्पताल अगाडी पसल संचालन गर्दै आएका स्थानीय ३६ बर्षिय शिवचरण राना मृत भटिएका हुन् ।
राति पसलमै सुतेका उनी बिहान घर जाने क्रममा बाटोमा हत्या गरिएको अबस्थामा रानाको शव फेला परेको वडा नं ५ का वडा अध्यक्ष कर्ण सिंह बोहराले जानकारी दिए ।उनले रानाको खुकुरी प्रहार गरि हत्या गरेको जस्तो देखिएको बताए । हत्या कसले र किन गरेको भन्ने बारे खुलेको छैन ।
घटनाको बारेमा जानकारी पाएपछि अहिले ईलाका प्रहरी मालाखेतीको टोली घटनास्थलमा गएको छ । यसअघि रानाको पसलमा आगालागी समेत भएको थियो ।