गल्तिकाे आत्मआलाेचना गर्दै पार्टी मुलधारमा फर्किन रावलकाे आग्रह
धनगढी । पार्टी नेता तथा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज डा. भीम रावलले गल्तिकाे आत्मआलाेचना गर्दै पार्टी मुलधारमा फर्किन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र अन्य नेता कार्यकर्ताले गल्तिकाे आत्मआलाेचना गर्दै पार्टी मुलधारमा फर्किए माफी दिन सकिने बताएका हुन् । पार्टी देश र जनताकाे हित विपरित गुटबन्दी गरेकाहरुले गल्ति महसुस नगरेसम्म त्यत्तिकै पार्टीमा जाेड्न नसकिने उनकाे भनाई छ ।
नेकपासामु माफ गर्नुस भन्दै नैतिकका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो भने केही सकारात्मक बन्न सकिन्छ’ उनले भने, ‘तर पार्टीबाट निष्काशित गरेको सन्दर्भमा मात्रै प्रधानमन्त्रीको सन्दर्भमा भन्या होइन।’ यस्तै नेता रावलले १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश वमोजिम प्रतिनिधि सभा अगाडी बढ्ने बताएका छन्।
‘अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुरा भन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो’ उनले भने। यसकालागि अन्य दलहरुसँग छलफल चलाईने उनकाे भनाई छ ।