Dashain Suvakamana

सर्वोच्चकाे निर्णय पक्षमा नेकपा सुदूरपश्चिमद्वारा दिपावली

धनगढी । असंवैधानिक ठहर गर्दै सर्वोच्चद्वारा सरकारको प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेकाे फैसलाकाे पक्षमा नेकपा सुदूरपश्चिम प्रदेशले दिपावली गरेर स्वागत गरेकाे छ ।

सर्वोच्चकाे निर्णयसँगै नेकपा (बहुमत) पक्षकाे सुदूरपश्चिम प्रदेश कमिटि र प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री सहभागी भएर पार्टी कार्यालयमा दिप प्रज्वलन्त गर्दै दिपावली गरेका हुन् ।

सर्वोच्च अदालतले न्ययकाे पक्षमा फैसला गरेर ऐतिहासिक भूमिकामा उभिएकाे भन्दै नेकपा प्रदेश इन्चार्ज तथा पुर्नस्थापीत संसद भीम रावल सहइञ्चार्जहरु, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्ट लगायतका मन्त्री तथा प्रदेश एवं जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताहरुले पार्टीकाे धनगढीस्थित प्रदेश कार्यालयमा दिप प्रज्वलन गरी दिपावली मनाएका छन् ।

उनीहरुले संविधान विपरित प्रधानमन्त्रीले चालेकाे कदम न्यायालयले बदर गरिदिएर अहिलेसम्म जनताले गरेकाे आन्दाेलनकाे जित तथा ‘न्यायकाे जित’ भएकाे बताएका छन् । No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.