Dashain Suvakamana

पहिलो श्रीमतीद्वारा आत्महत्या, दाेस्रोकाे खुकुरी प्रहार गरेर हत्या

दोलखाको कालिन्चोक गाउँपालिका ६ लापिलाङमा गएराति श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन्। लापिलाङको आग्रालय नजिकै थारुदेसे भन्ने बस्तीका २७ वर्षीय हिमाल थामीले २२वर्षीया श्रीमती सुनिता थामीको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो। हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका-७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।

केही वर्षअघि हिमाल थामीकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेको थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.