६ लाख घुससहित मालपोत प्रमुख रंगेहात समातिए
अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले बाराको मालपोत कार्यालयका प्रमुखलाई ६ लाख घुस रकम सहित रंगेहात समातेको छ । मालपोत कार्यालय प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल घुससहित पक्राउ परेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग उनीहरुले घुस मागेको थियो ।
उनीहरुलाई आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले शुक्रबार जितपुरको एक होटलबाट रंगेहात पक्राउ गरी उनीहरु माथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।