१७ दिनपछि आफ्न्तले भागरथीकाे शव बुझे, महाकालीमा दहासंस्कार गरिदै
धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडी दाेगडाकेदारकी १७ वर्षिया भागरथी भट्टको शव आफन्तले बुझेका छन् । शवकाे आज नै अन्त्येस्टी गरिन लागेकाे भागरथीका काका शिवराज भट्टले जानकारी दिए।
बैतडी सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि शव यात्रा सुरु भएसकेको छ । हत्या भएको १७ दिनपछि आफन्तले शव बुझेपछि शव यात्रा सुरु भएको हो । गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो। भट्टले भागरथीको बलात्कार पछि आफैले हत्या गरेको बिहीबार प्रहरीसमक्ष बयान दिएपछि आफन्तले शव बुझ्न मानेका हुन्।