Dashain Suvakamana

तिर्थ प्रसादको जीवनयात्रा पुस्तक सबैकालागि प्रेरणादायी-मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले ‘तिर्थ प्रसादको जीवन यात्रा पुस्तक’ हाम्राे समाजकाे यथार्थ बिम्ब भएकाले पुस्तक सबैकालागि प्रेरणादायी हुने बताए । प्रदेश सभामुख अर्जुन बहादुर थापाद्धारा लिखित तिर्थ प्रसादको जिवन यात्रा पुस्तकको मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख शर्मिला त्रिपाठीले संयुक्तरुपमा आज लोकापर्ण गरेका थिए ।

हाम्रो समाजमा अरुकोलागि जीवन समेत अर्पण गर्ने मानिसहरु थोरै हुने बताउदै मुख्यमन्त्री भट्टले सभामुख तथा लेखक थापाले आफनो जीवन नै अरुकोलागि सर्मपित गरेको बताए । कसैको ब्याक्तीगत जिवनीबाट धेरैले सकारात्क कुराहरु सिक्ने बताउदै मुख्य मन्त्री भट्टले भने ‘सभामुख थापाले पुस्तकमा ल्याउनु भएको कुराले धेरैलाई ज्ञान दिने बताए ।’

कार्यक्रममा बोल्दै साहित्यकार रामलाल जोशीले सभामुख थापाको जिवन यात्रामा एक सामान्य परिवारमा जन्म भएका नागरिकको जिवनयापानलाई चित्रण गरिएको बताए । उनले देशमा ठुलाबडाको छोरा नाती प्रति कसैको चाँसो नहुने बताउदै सामान्य परिवारमा जन्म भएका नागरिकको जिवन यात्राप्रति सबैको चाँसो हुने बताए । उनले सुदुरपश्चि प्रदेशले एक सफल सभामुख मात्र जन्माएको नभई सफल साहित्यकार समेत जन्माएको बताए ।

कार्यक्रममा बोल्दै सुदुरपश्चिमाञ्चल एकेडेमी प्राध्यापक बेद प्रसाद जोशीले सभामुख थापाले लेखेको उक्त पुस्तकबारे टिप्पणी गरेका थिए ।बझाङको खप्तड छान्ना गाउपालीकामा जन्मिएका थापाले आफनो ब्याक्तिगत जिवन यात्रालाई यस पुस्तकमा समाबेस गरेका छन् ।आफुले २०७१ सालदेखि उक्त पुस्तक लेख्न सुरु गरेको भएपनि अहिले फुर्सदमा आफनो जिवनको भोगाईलाई स्मरण गर्नकालागि पुस्तक लेखेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.