Dashain Suvakamana

प्रतिगामी कदमबिरुद्ध काठमाण्डाैं टुडिखेल मानव साङ्लाेमा बाँधियाे

काठमाडौं । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले प्रतिगामी कदम चालेकाे विरोधमा काठमाडौँको टुँडिखेल मानव साङ्लोले बाँधिएकाे छ । प्रदर्शन गरेको छ ।  प्रतिनिधिसभा विघटनकाे बिरुद्धमा आन्दाेलनरत नेकपा दाहाल–नेपाल समूहले बिहीबार सांकेतिक रूपमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको हाे ।

नेकपा नेतृ पम्फा भसालले मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी रहेकाे जानकारी दिइन् । मानव साङ्लोमा सहभागीहरूले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ लगातएतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

मानव साङ्लो दिउँसो ४ बजे सुरु भएर ५ बजे सकिएको थियो । नेकपा दाहाल–नेपाल पक्षले  फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको नेतृ भसालले जानकारी दिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.