Dashain Suvakamana

प्रहरीद्वारा भागरथी हत्याका अभियुक्त सार्वजनिक

धनगढी । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ। अभियोगमा पक्राउ परेका अन्दाजी १६ वर्षीय स्थानीय दिनेश भट्टलाई बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

‘हामीले आरोपित व्यक्तिको लोकेसन, आइ विट्नेस र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं,’  जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले पुष्टि गरेको हो ।’ ‘अनुसन्धानकै क्रममा रहेकाले बलात्कारपछि हत्या या हत्यापछि भन्ने एकिन भएको छैन,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘यो त प्रारम्भिक अनुसन्धान हो, अरू अनुसन्धान हुन बाँकी नै छ ।’

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको उनले बताए। आरोपी भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा भागरथीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि सार्वजनिक गरिएको प्रहरीले बताएकाे छ।

मृतकका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरीमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अहिले अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलीपल्ट हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.