‘सुदूरपश्चिमकाे फास्ट ट्याकमा यसैवर्ष गाडी गुडाेस्’: मुख्यमन्त्री भट्ट
धनगढी । निर्माणाधिन सुदूर तराईवाट पहाडी जिल्ला जाेड्ने दुर्त मार्गकाेरुपमा रहेकाे कैलालीकाे खुटिया-दीपायल सडककाे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले अवलाेकन गरेका छन् । सडक निर्माणलाई तीब्र गति दिन बन तथा पूर्वाधार विकास कार्यालय सहित सराेकारवालालाई फिल्डमै लगेर मुख्यमन्त्री भट्टले चाँडै गाडी गुड्नुपर्ने निर्देशन दिए ।
६ किलाे मिटर मात्रै ट्याक खाेल्ने काम बाँकी रहेकाे उक्त सडककाे यसै महिनाभित्रै सम्पन्न गरी तुरुन्तै स्तराेउन्नति (डबल लाईन) काे काम सुरु गरी कालाेपत्रे बनाउन मुख्यमन्त्री भट्टले साेराेकारवालाई निर्देशन दिए । उनले भने- ‘केही समस्या भए प्रदेश सरकारसँग समन्वय गर्नुस् तर, काममा ढीलाई नहाेस् ।’
साे अनुगमनका क्रममा फस्ट ट्याक याेजना प्रमुख खगेन्द्र शाही, बन डिभजन प्रमुख रामचन्द्र कडेल, फस्ट ट्याक संघर्ष समितिका संयाेजक हेमवहादुर बिष्ट लगायतकाे सहभागिता रहेकाे थियाे । बन डिभजन प्रमुख रामचन्द्र कडेलले वनकाे कारण सडकमा अवराेध आउन नदिने बताए ।
प्रदेशका मुख्यमन्त्रि सराेकारवालालाई लिएर फिल्डमा देखिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । सडकमा चाँडै गाडी गुड्ने र विरामी भएकालाई उपचारमा लैजान डाेकाे प्रयाेग गर्न नपर्ने उनकाे विश्वास उनीहरुकाे छ ।