एक लाखकाे इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बझाङका पत्रकार सिंहलाई

काठमाण्डाैं । एक लाख रुपैँया राशीको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार-२०२० बझाङका पत्रकार वसन्तप्रताप सिंहलाई प्रदान गरिने भएको छ। अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो।

सिंहलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाउँका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आँखाको शल्यक्रिया भई आँखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’ का लागि सो पुरस्कार प्रदान गरिएको इञ्जाले बताएको छ। विगत १५ वर्षदेखि वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गमका स्थानीयको जनजिविकाबारे कलम चलाउदै आएका छन्।

इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका बेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य लिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.