Dashain Suvakamana

गाेदावरीकाे १२ विगाहा क्षेत्रफलमा ‘अत्तरिया पार्क‘ निर्माण हुने

धनगढी । सुदूरपश्चिम प्रदेशकाे राजधानी कैलालीको गोदावरीमा ‘अत्तरिया पार्क’ निर्माण हुने भएकाे छ । गाेदावरी नगरपालिका-१ मा निर्माण गरिने अत्तरिया पार्कका लागि करिब ४ करोड ९४ बजेट विनियोजन गरिएको छ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको साझेदारीमा पार्क निर्माणका लागि बजेट विनियोजन गरिएको हो। संघिय मन्त्रालयको ७० प्रतिशत अर्थात ३ करोड २२ लाख र नगरपालिकाको ३० प्रतिशत अर्थात १ करोड ७२ लाख रुपैयाँ रहेको छ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले कार्यपालिका बैठकबाट नगरपालिका भित्रका ३ वटा पर्यटकीय क्षेत्र निर्माणका लागि सिफारीस गरेकोमा अत्तरिया पार्क छनोटना परेको बताईन्। सुरक्षा सामुदायीक वन क्षेत्रमा पर्ने उक्त क्षेत्रमा पार्क निर्माणका लागि १२ विगाहा क्षेत्रफल छुट्याईएको छ। नगरपलिकाले पार्क निर्माण क्षेत्रको केहि भागमा पर्खाल लगाएको छ।

मन्त्रालयले देशभरका २०० पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी बजेटको व्यवस्था गरेको छ। जसमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २७ पर्यटकीय गन्तव्य पूर्वाधार निर्माणका लागि छनोटमा परेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.